समृद्धिको चाहाना पुरा गरेरै छाड्छुः उम्मेद्वार भट्टराई

Share:

पोखरा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं २ का उम्मेदवार विद्या भट्टराईले आफू जनताको सहयात्री भएकोले समृद्धिको चाहाना पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यत्त गरेकी छन् ।

शनिबार पोखरा १५ स्थित आँधिखोला तमु समाजमा आयोजित निर्वाचन प्रचार प्रसार तथा उम्मेदवार परिचय कार्यक्रममा भट्टराईले आफु जनताको आकांक्षा बमोजिम उम्मेद्वार भएको बताउँदै भूमिहिनहरूलाई व्यवस्थापन गरेर समृद्ध नेपाल सुखी नेपालीको चाहाना पुरा गर्ने बताइन् ।

उनले भनिन् “हिजो रवीन्द्रजीले बोक्नुभएको समृद्ध नेपालको अभियानलाई सार्थक पार्न तपाईँहरूले गर्नुभएको आग्रह बमोजिम नै म उम्मेद्वार बनेकी हुँ” उनले भनिन् “मेरो उम्मेद्वारीको हिस्सा तपाईँहरू सँगै जोडिएको छ ।”

राजनीतिमा वैचारिक वहस गरेर समग्र देशकोलागि विकासप्रेमिहरु एक हुनुपर्ने समय आएको उनको भनाई थियो । उम्मेदवार भट्टराईले आत्मनिर्भरताले मात्र समृद्धि तर्फ जान सकिने भएकाले राष्ट्रीय संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर आफू अघि बढ्ने बताइन् ।

आत्मनिर्भरताका लागि मौलिक संस्कृतीको जगेर्ना आवश्यक रहने भन्दै भट्टराईले गुरुङ संस्कार र संस्कृतिको जगेर्नामा साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । सांस्कृतिक मुल्यमान्यता हाम्रा गौरव र सम्पत्ती भएकाले यसको रक्षाका लागि आफू सदैब लागि पर्नेमा उनले जोड दिइन् ।

असमानताले समृद्धि हासील हुन नसक्ने भएकाले समातामुलक सामाजिक न्याय आजको आवश्यकता रहेको बताइन् । विभेदरहित समाजको परिकल्पनालाई साकार पार्ने कम्युनिष्ट सरकारको मुख्य दायित्व भएको बताइन् ।

सो अवसरमा नेकपा कास्की सचिव बखान सिंह तमु, वडा नं १५ का अध्यक्ष प्रकाश पौडेल, आँधिखोला तमु समाजका सल्लाहकार रुक बहादुर गुरुङ लगायतले चुनाव सम्बन्धि आफ्नो धारणा राखेका थिए ।

आँधीखोला तमु समाजका कार्यवहाक अध्यक्ष नलबहादुर गुरुङले विद्या भट्टराइलाई तमु समाजको साथ रहने बताए । कार्यक्रममा गण्डकी प्रदेशका सांसदहरु गायत्री गुरुङ, प्रभा कोईराला, नेकपा कास्की सदस्यहरु बलराम पौडेल, गज कुमारी गुरुङ लगायतको सहभागिता रहेको थियो ।यसै बिच शनिबारनै पोखरा १५ स्थित शिवशक्ति टोलमा उम्मेदवार भट्टराईले जनतासँग साक्षात्कार गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: