
काठमाडौँ। आउँदो मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनावको लागिआज (आइतबार)उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।
गएको बिहीबार उम्मेदवारले मनोनयनपत्र दर्ता गरेका थिए । उम्मेदवारीमाथि दाबी–विरोध र उम्मेदवारी फिर्ता लगायत प्रक्रिया पूरा गरी आइतबार अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नं २, प्रदेशसभा तर्फ भक्तपुर क्षेत्र नं १ को १, दाङ निर्वाचन क्षेत्र नं ३ को २ र बागलुङ क्षेत्र नं २ को २ का लागि उपचुनाव हुन लागेको हो ।
कमेन्ट गर्नुहोस्
