बंगलादेशका राष्ट्रपतिले आज उच्चस्तरीय भेटवार्ता गर्दै, भोलि पोखरा आउने

Share:

पोखरा । नेपालको चारदिने सद्भावना भ्रमणका रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (बुधबार) उच्चस्तरीय भेटवार्तामा व्यस्त हुने भएका छन् । उनले बुधबार अपराह्न ४ः३० बजेपछि समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् ।

राष्ट्रपतिले भण्डारीले आजै हमिद र प्रतिनिधिमण्डलको सम्मानमा साँझ राजकीय भोज आयोजना गरेकी छन्।

चार दिने भ्रमणमा रहेका हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हमिदले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अन्य वरिष्ठ नेताहरु पनि भेट्नेछन्। हमिद बिहीबार पोखरा जाने पनि कार्यतालिका रहेको छ।

भेटवार्तापछि राष्ट्रपति हमिद उनकै सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनेछन् । हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले दरबारमार्ग्स्थित होटल याक एण्ड यतीमा साँझ साढे ६ बजे रात्रिभोज आयोजना गरेकी छन् ।

राष्ट्रपति हमिद भोलि (बिहीबार) हेलिकप्टरबाट पोखरा आउने कार्यक्रम छ । काठमाडौंबाट १ बजे पोखरा प्रस्थान गर्ने हमिद भोलि नै साढे चार बजे काठमाडौं फर्किने कार्यक्रम छ ।

उनले शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । त्यसपछि उनी शुक्रबारै करिब पाँच बजे स्वदेश फर्किने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्
Share: