
पोखरा । कास्की क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार खेमराज पौडेलले आफ्नो प्रतिस्पर्धा विद्या भट्टराईसँग नभइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग भएको बताएका छन् । बुधबार बिहानैदेखि पोखरा छोरेपाटनका मतदातासंगको भेटघाटमा सक्रिय पौडेलले यस्तो बताएका हुन् ।
उम्मेदवार पौडेलले भने, ‘मेरो चुनावी प्रतिस्पर्धा विद्यासंग होइन, नेपाल कम्युनिष्ट पार्टीसंग मात्र हो।’ उम्मेदवार पौडेलले आफूले ६० वर्षको राजनीतिक यात्रामा अहिलेसम्म कसैमाथि केही अन्याय नगरेको स्पष्ट पारे । ‘अब पनि जनतामाथि कत्ति पनि अन्या हुने काम गर्न मेरो स्वाभिमानले दिंदैन’, उनले भने ।
चुनावी अभियान सशक्त ढंगले अघि बढको भन्दै उम्मेदवार पौडेलले यो चुनावमा सिंगो नेपाली कांग्रेस केन्द्रदेखि जिल्ला हुँदा तल्ला कमिटी एकढिक्का भएको भन्दै खुशी प्रकट गरे । ‘पार्टीका नेता कार्यकर्ताको उत्साहले मलाई नै उर्जा थपेको छ, ममाथि मेरा विद्यार्थी, मेरा समकक्षी लगायत सबैको सहानुभूति र माया छ ।’ आफ्नो उम्मेदवारीले पार्टीमा, जनतामा र अन्य दलहरूमा पनि सकारात्मक सन्देश प्रवाह भएको उनले बताए ।
उनले भने, ‘सरकारले जनताको घरघरमा ग्यास पाइप, रेल, पानी जहाज जस्ता हावादारी कुरा गरेर अघि बढ्दा जनतामा निराशा छाएको छ, जनताले कम्युनिष्ट सरकारको रवैया बुझिसकेका छन्, त्यसैले यो पार्टीको विकल्प खोजिरहेका छन्’, उनले भने, ‘नेपाली कांग्रेसको पनि यो सरकारले राम्रोसंग काम गरोस्, संविधानको मर्म र जनताको भावना कदर गर्दै अघि बढोस् भन्ने नै छ तर सरकार उल्टो बाटोमा हिंडिरहेको छ ।’
नेकपाप्रति सामाजिक, राजनीतिक र प्रशासनिक लगायत कुनै पनि क्षेत्रमा सन्तुष्ट हुने ठाउँ नभएको उम्मेदवार खेमराजले बताए । उनले राजनीतिक लगाव, इमान्दारिता, आस्था, संस्कार र संस्कृति बुझेर मत दिन आग्रह गरे ।
उम्मेदवार खेमराजले आफूले पद प्राप्तिका लागि भन्दा पनि जनताको सेवा गर्नकै लागि चसनावमा होमिएको बताए । ‘पार्टीले दिएको जिम्मेवारी र जनताको आशा भरोषालाई कत्ति पनि तलमाथि हुन दिन्न’, उनले भने ।
खेमराजलाई मतदाताको आशिर्वाद
पोखरा–१७ मा घरदैलोका क्रममा मतदाताले उम्मेदवार खेमराज पौडेललाई टिका नै लगाइदिएर आशिर्वाद दिएका छन् । ‘यो चुनाव जसरी पनि जित्नू, धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नू’, खमेराजलाई टिका लगाइदिएर एक वृद्धाले दिएको आशिर्वाद थियो यो ।
‘तिमी इमान्दार छौं, कसैको चित्त दुखाएका छैनौ । अझै पनि इमान्दार बन्छौ भन्ने हाम्रो विश्वास छ’, सबैले ढाट्ने काम गरे तिमीले त्यस्तो नगर्नू सक्ने काममात्र गर्नु, झुट नबोल्नु’, अर्की एक वृद्धाको आशिर्वाद थियो, ‘तिमीले संस्कृति विद्या पढेका छौ, तिमीलाई पाप गर्न पक्कै डर लाग्छ । त्यसैले तिमीप्रति भरोषा छ ।’
मतदाताको घरघरमा पुगेका उम्मेदवार खेमराजलाई यस्तै सहानुभूतिको ओइरो लागेको छ । उनले पढाएका कति चेलाहरू खुट्टा समात्न, समकक्षीहरू अंकमाल गर्न आइपुग्दा खेमराज निकै उत्साहित देखिन्छन् । नेकपाका नेता एवं पूर्वमन्त्री खगराज अधिकारी, नेता रामजी बराल जीवन पनि उम्मेदवार खेमराजका चेलाहरू हुन् ।
सम्बन्धित समाचार::
खेमराजको उम्मेदवारीले मतदातामा उत्साह, ९२ वर्षीय टंकनाथ भन्छन्, ‘त्यागी नेतालाई जिताउनै पर्छ’
कास्की-२ उपनिर्वाचन : २१ उम्मेदवारले पाए चुनाव चिन्ह
कास्की-२ उपनिर्वाचन : कांग्रेसका सबै संगठन चुनावमा होमिए
कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)
कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता
कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता
विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार
कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार
कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार
कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा
कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन
कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस
काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने
कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने
कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस
‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी
कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?
कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति
कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया
कास्की–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खेमराजको घरदैलो अभियान भोलिदेखि
कास्कीमा नेकपाको चुनावी अभियान तीव्र, ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापना
कास्की २ उपनिर्वाचन: तीन जनाको उम्मेद्वारी बदर, एक जनाले फिर्ता लिए
गणेशमानको शालिकमा माल्यार्पण गरेर विद्याले शुरु गरिन् चुनावी घरदैलो
