कास्की २ उपनिर्वाचन: तीन जनाको उम्मेद्वारी बदर, एक जनाले फिर्ता लिए

Share:

पोखरा।  आउँदो मंसिर १४ गते हुने प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नं २ को लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो।

बिहिबार उपनिर्वाचनका लागि २५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए। २५ मध्ये ३ जनाको मनोनयन दर्ता बदर भएको र एक जनाले आफ्नै इछ्यामा नाम फिर्ता गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सुचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त विक्रम सिंहको उम्मेद्वारी निर्वाचन आयोगले बदर गरिदिएको छ ।

२०७४ सालको निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीबाट उनीहरुको नाम अझै नहटाएकाले उम्मेदारी बदर भएको हो । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका पुरूषाेत्तम खनालले आफ्नो नाम फिर्ता लिएका छन् ।

कास्की २ मा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्ष काँग्रेसका तर्फबाट खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, समाजवादी पार्टीका धर्मराज गुरुङ, देशभक्त समाजका वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस (विपी) का चन्द्र बहादुर रानाभाट, राप्रपाका रोमबहादुर भण्डारीलगायत चुनावी मैदानमा छन ।

सम्बन्धित समाचार::

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता

कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता

विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार

कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार

कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा

कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन

कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस

काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?

कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति

कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया

कास्की–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खेमराजको घरदैलो अभियान भोलिदेखि

कास्कीमा नेकपाको चुनावी अभियान तीव्र, ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापना

कमेन्ट गर्नुहोस्
Share: