
पोखरा । आगामी मंसिर १४ गते रिक्त पदपूर्तिकाका लागि उपनिर्वाचन हँदैछ । कास्की–२ पनि रिक्त क्षेत्र मध्ये एक हो । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यहाँ उपनिर्वाचन हुँदैछ ।
बिहिबार मात्र दलहरुले जिल्ला निर्वाचन कार्यालय कास्कीमा उम्मेदवारी दर्ता गराएका छन । जिल्ला निर्वाचन कार्यालय कास्कीकाअनुसार १४ जनाले पार्टीका तर्फबाट र ११ जनाले स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
२५ जनाले उम्मेदवारी दर्ता गराएकोमा ३ जनाको भने बदर भएको छ । २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीबाट उनीहरुको नाम अझै नहटाएकाले उम्मेदारी बदर भएको हो ।
कास्की २ मा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्ष काँग्रेसका तर्फबाट खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, समाजवादी पार्टीका धर्मराज गुरुङ, देशभक्त समाजका वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस (विपी) का चन्द्र बहादुर रानाभाट, राप्रपाका रोमबहादुर भण्डारीलगायत चुनावी मैदानमा छन ।
लामो समयपछि राजनीतिमा पुनरागमन गरेकी नेकपा उम्मेदवार भट्टराई विगतदेखि नै नेकपाले जितेको ठाउँ भएकाले आफ्नो जित पक्का रहेको बताउँछिन । उनले निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा-३३ भरतपोखरीबाट शुरू गरेकी छन ।
कांग्रेसबाट सांसद पदका लागि टिकट पाएका नेता खेमराज पौडेल पनि आफ्नो जित सुनिश्चित रहेको बताउँछन । गएको ६० वर्षदेखि राजनीतिमा लागिरहेका कांग्रेस नेता पौडेलले पहिलोपटक ठूलो पदका लागि टिकट पाएका छन । जनताले वर्तमान सरकारको विकल्पको रुपमा कांग्रेसलाई लिएको उनको बुझाई छ ।
यो निर्वाचनमा यी दुई ठूला पार्टीका उम्मेदवार पछि चर्चामा आएकी उम्मेदवार हुन साझाकी रजनी के.सी । उनी पनि वर्तमान नेतृत्वका कामले जनता सन्तुष्ट नरहेको र समृद्धि र विकासका लागि उम्मेदवार बनेको बताउँछिन । सुसंस्कृत राजनीतिका लागि उम्मेदवार बनेको बताउँदै उनी साझा पार्टी देशका लागि विकल्प बन्ने दाबी गर्छिन ।
७१ हजार मतदाता
जिल्ला निर्वाचन कार्यालय कास्कीकाअनुसार उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । मतदानका लागि यहाँ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए ।
गएको निर्वाचनको मत
२०७४ सालको निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए ।अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।
सो निर्वाचनमा तेस्रो भएको तत्कालीन विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए । उम्मेदवारी दर्ता गराएकाहरुले २५ गते निर्वाचनका लागि चिन्ह पाउने निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
यो पनि :
कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता
कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता
विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार
कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार
कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार
कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा
कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन
कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस
काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने
कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने
कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस
‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी
कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?
कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति
कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया
