कास्की-२ उपनिर्वाचन : २१ उम्मेदवारले पाए चुनाव चिन्ह

Share:

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारलाई आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि चुनाव चिन्ह प्रदान गरिएको छ । चुनावी मैदानमा होमिएका २१ जना उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार चुनाव चिन्ह प्रदान गरेको हो ।

११ दलीय र १० स्वतन्त्र गरी २१ उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । स्वतन्त्र उम्मेदवार बनेका १० जनालाई आफ्नो इच्छा अनुसारको चुनाव चिन्ह प्रदान गरिएको हो । यस्तै ११ दलीय उम्मेदवारलाई भने दलीय चिन्ह नै प्रदान गरिएको उनले बताए।

स्वतन्त्र रुपमा उठेका उम नाथ गौतमले किताब, कमल जङ्ग कुँवरले शङ्ख, जमुना शर्माले गुलाफको फूल, दिपक रेग्मीले क्यामेरा, नबराज बास्तोलाले कलम, यज्ञ प्रसाद पंगेनीले आँप, रन बहादुर दमैले डोजर, लक्ष्मी कुमारी भुजेलले माहुरी, सुनिल बहादुर कोइरालाले टेबुल र सुनिल भुसालले क्रिकेट ब्याट चुनाव चिन्ह पाएका छन् ।

कास्की-२ मा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्ष काँग्रेसका तर्फबाट खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राप्रपाबाट रोमबहादुर भण्डारी, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस (विपी) बाट चन्द्र बहादुर रानाभाटलगायत चुनावी मैदानमा छन्।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (माले) बाट टेकनाथ भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ चुनावी मैदानमा छन्।

यसअघि आइतवार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको थियो । गएको बिहिबार उपनिर्वाचनका लागि १४ जनाले दलीय र ११ जनाले गरी २५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए। बिहिबार उम्मेदवारी दर्ता गराएकोमा ३ जनाको नाम बदर भएको थियो भने स्वतन्त्र उम्मेद्वारमध्येका एकले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त विक्रम सिंहको उम्मेद्वारी निर्वाचन आयोगले बदर गरिदिएको थियो । २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीबाट उनीहरुको नाम अझै नहटाएकाले उम्मेदवारी बदर भएको हो । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका पुरूषाेत्तम खनालले आफ्नो नाम फिर्ता लिएका थिए।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यहाँ उपनिर्वाचन हुँदैछ ।

कसलाई के चिन्ह ?

७१ हजार मतदाता

उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । मतदानका लागि यहाँ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बिगखबरलाई जानकारी दिए ।

गएको निर्वाचनको मत

२०७४ सालको निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए ।अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।

सो निर्वाचनमा तेस्रो भएको तत्कालीन विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए । उम्मेदवारी दर्ता गराएकाहरुले २५ गते निर्वाचनका लागि चिन्ह पाउने निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

सम्बन्धित समाचार::

कास्की-२ उपनिर्वाचन : कांग्रेसका सबै संगठन चुनावमा होमिए

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता

कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता

विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार

कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार

कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा

कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन

कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस

काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?

कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति

कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया

कास्की–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खेमराजको घरदैलो अभियान भोलिदेखि

कास्कीमा नेकपाको चुनावी अभियान तीव्र, ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापना

कास्की २ उपनिर्वाचन: तीन जनाको उम्मेद्वारी बदर, एक जनाले फिर्ता लिए

गणेशमानको शालिकमा माल्यार्पण गरेर विद्याले शुरु गरिन् चुनावी घरदैलो

कमेन्ट गर्नुहोस्
Share: