एमसीसीसँग पोखरा-११ पराजित, एमसीसीले मंगलबार मुख्यमन्त्री-११ सँग खेल्ने

Share:

पोखरा। नेपाल भ्रमणमा रहेको विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलिवन क्रिकेट क्लब (एमसीसी) ले सोमबार पोखरा ११ लाई पराजित गरेको छ । सोमबार पोखरा क्रिकेट रंगशालामा भएको खेलमा एमसीसीले पोखरा ११ लाई ४२ रनले हराएको हो ।

टस हारेर पहिले व्याटिङ गरेको एमसीसीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६० रन बनाएको थियो। उसका लागि यासिर अराफातले ३९ रन बनाए भने जिम्मी अदाम्सले २९ रन बनाए । यस्तै रिचार्ड ग्रेटोरेक्सले २१ रन बनाए ।

पोखरा ११ का लागि अमृत गुरुङ र गोभिन्द प्रधानले समान ३-३ विकेट लिए। यस्तै सुभाष भण्डारीले २ विकेट लिए भने दिपेश खत्रीले १ विकेट लिएका छन्।

१६१ रनको लक्ष्य पछ्याएको पोखरा-११ ११९ रनमै समेटिएको हो। उसका लागि दिपेश खत्रीले ४५ रन बनाएपनि टोलीलाई जिताउन सकेनन्। यस्तै गोबिन्ध प्रधानले २९ रन बनाएपनि अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । एमसीसीका लागि विल रोड्स, माइल्स ह्यामुण्ड र एड योंगले समान २-२ विकेट लिए।

यस्तै यासिर अराफात र विल भाण्डरस्पारले समान एक एक विकेट लिए । खेलको म्यान अफ द म्याच अवार्ड यासिर अराफातले पाएका छन् ।अब एमसीसीको टोलीले मंगलबार मुख्यमन्त्री ११ संग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: