कास्की-२ उपनिर्वाचन : कांग्रेसका सबै संगठन चुनावमा होमिए

Share:

पोखरा । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस कास्कीले पार्टीका सबै भातृ समिति तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाएको छ । कास्की-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ ।

नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस, दलित संघ, किसान संघ, जनजाति संघ, भूपू कर्मचारी संघलगायतका सबैलाई चुनावमा खटाएको छ ।

सबै संघ–संगठनले भेलामार्फत प्रचार समिति गठन गरेर चुनावमा होमिएको छ । यो चुनावमा कांग्रेसका भातृ समितिमा आवद्ध नेता कार्यकर्ता पनि निकै उत्साहित बनेका छन् । सबैले यस पटक केही गरेर देखाउने भन्दै चुनामा होमिएका छन् । संगठन प्रमुखहरूले आआफ्ना नेता कार्यकर्तालाई सबै मतदाता समक्ष १ पटक अनिवार्य भेट्न निर्देशन दिएका छन् ।

नेपाल महिला संघ कास्कीकी सभापति एवं चुनाव प्रचार समितिका संयोजक कोपिला रानाभाटले महिला संघ लगायत सबै संगठनका नेता कार्यकर्ताले सबै मतदातालाई १ पटक अनिवार्य भेट्नुपर्ने भनेर निर्देशन दिइएको बताइन् ।

उनले भनिन्, ‘पार्टीको निर्देशन अनुरुप हामी पनि समिति निर्माण गरि मतदाता भेट्घाट अभियान तीव्र बनाएका छौं । यो पहिलो चरणको कार्यक्रम हो । मतदाताका गुनासा सुन्ने र पार्टीको नीति मतदातामा पस्कने काम अहिले भएको छ ।’

त्यस पश्चात् मतदाताका समस्या पार्टीमा राख्ने र सोही बमोजिमको घोषणापत्र लिएर पुनः टोलटोलमा पुग्ने लक्ष्य रहेको उनले बताइन् । ‘यतिबेला कांग्रेसका सबैमा उत्साह छाएको छ, सबै चुनावमा परिचालित भएका छन्’, रानाभाटले भनिन् ।

कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार अभियानका मूल संयोजक कृष्ण केसीले शरीरका सबै अंग चलेजसरी कांग्रेसका नेता कार्यकर्ता खटिएको बताए । उनले यो चुनावमा सबै नेता कार्यकर्ता उत्साहित भएको भन्दै कांग्रेसको पक्षमा माहोल राम्रो देखिएको बताए ।

उनले भने, ‘कम्युनिष्ट रवैयाले जनता आक्रान्त थिए । कम्युनिष्ट र कांग्रेस बीचको फरक जनताले बल्ल बुझे । यसले कांग्रेसप्रति विश्वास बढेको छ ।’ उम्मेदवारका कारणले पनि कांग्रेसको माहोल राम्रो देखिएको सभापति केसीले बताए ।

कांग्रेसका नेता कार्यकर्ता अहिले जत्तिको उत्साहित र सक्रिय भएको आफूले कहिल्यै नपाएको उनले स्पष्ट पारे । कांग्रेसले कास्की २ मा नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस कास्कीले निर्वाचन प्रचार अभियान अन्तर्गत घरदैलो कार्यक्रम तीव्र बनाएको छ ।

सम्बन्धित समाचार::

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता

कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता

विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार

कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार

कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा

कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन

कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस

काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?

कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति

कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया

कास्की–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खेमराजको घरदैलो अभियान भोलिदेखि

कास्कीमा नेकपाको चुनावी अभियान तीव्र, ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापना

कास्की २ उपनिर्वाचन: तीन जनाको उम्मेद्वारी बदर, एक जनाले फिर्ता लिए

गणेशमानको शालिकमा माल्यार्पण गरेर विद्याले शुरु गरिन् चुनावी घरदैलो

कमेन्ट गर्नुहोस्
Share: