मलेशिया पुगेको दुई महिनामै पाल्पाका बयम्बुको मृत्यु

304
0
Share:

बेझाड – वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ ।

अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिए ।

दुई महिनादेखि मलेशिया पुगेदेखि नै बिरामी बयम्बुको उपचारमा म्यानपावर र कम्पनीले समयमा नै चासो नदेखाउँदा ज्यान गएको मृतककी बहिनी कान्तिसरा बयम्बुले बताइन् ।

कमेन्ट गर्नुहोस्
Share: