एक केजी सुन सहित विदेशी नागरिक पक्राउ

440
0
Share:

काठमाण्डौ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १ केजी सुनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

हङकङबाट आएको क्याथे ड्रागन एयरबाट आएका ५५ वर्षीय यीवाहको साथबाट उक्त सुन बरामद भएको त्रिभुवन विमानस्थल प्रहरीले जनाएको छ। भन्सार एक्स्रेमा चेकजाँच गर्ने क्रममा हेण्ड व्यागमा सुन लुकाएको भेटिएको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: