
पोखरा। नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आउँदै छन् ।
उनी नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा आउने कार्यक्रम रहेको छ। काठमाडौंबाट १ बजे पोखरातर्फ प्रस्थान गर्ने हमिद आज नै साढे चार बजे काठमाडौं फर्किने कार्यक्रम छ ।
छोटो समय पोखरा आउन लागेका राष्ट्रपति हमिद पोखराको फेवा ताल संगै रुपाकोट जाने छन् । उनलाई पोखरामा प्रदेशका कार्यबाहक मुख्यमन्त्री एवं अर्थमन्त्री किरण गुरुङले स्वागत गर्ने छन्।
यस्तै राष्ट्रपतिको पोखरा भ्रमणको बेला हुने सबै खर्च समेत प्रदेश सरकारले बेहोर्ने भएको छ। उनको स्वागतमा पोखरामा स्वागतद्वार निर्माण गरिएको छ। पोखरा विमानस्थल अगाडि स्वागतद्वार निर्माण गरिएको हो। ठाउँठाउँमा नेपाल र बंगलादेशको झण्डा पनि राखिएको छ।
