
पोखरा। बङ्लादेशका राष्ट्रपति मोहम्मद हमिदले फेवातालमा डुङ्गा शयर गरेका छन् । उनले फेवातालमा १५ मिनट जति डुङ्गा सयर गरेका हुन् । उनी अब फिस्टेल लजमा लन्च गर्ने र त्यसपछि रुपाकोट रिसोर्ट जाने छन्।
उनि बिहिबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा आइपुगेका थिए।उनलाई पोखरामा प्रदेशका कार्यबाहक मुख्यमन्त्री एवं अर्थमन्त्री किरण गुरुङसहित उच्च पदस्थ अधिकारीले स्वागत गरेका थिए।
राष्ट्रपति हमिद आज अपरान्ह ४ बजे काठमाडौं फर्किने छन् । उनको पोखरा भ्रमणको बेला हुने सबै खर्च प्रदेश सरकारले बेहोर्ने छ।
कमेन्ट गर्नुहोस्
