राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु, विमानस्थल निर्माणपछि पोखरामा अवसरको ढोका खुल्छ: महत

Share:

रञ्जन अधिकारी पोखरा, ४ मंसिर । अर्थमन्त्री डा. रामशरण महतले मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढिरहँदा पोखरा अब पर्यटनसँगै आर्थिक केन्द्र बन्ने बताएका छन् । डा. महतले भने– ‘वल्र्ड क्लासको एयरपोर्ट तपाईंको नगरमा बन्दैछ । देश आर्थिक समुन्नतिको बाटोमा अघि बढ्दैछ । पोखरामा लगानीमैत्री वातावरण बन्दैछ ।’

Boldai Arthamantri Rajnitik news ma

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि प्रदर्शनी केन्द्रमा सुरु राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७१’ को उद्घाटन समारोहमा प्रमुख अतिथि महतले अब यस क्षेत्रको समग्र विकासमा सरकारको ध्यान जाने बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थलसँगैे १४० मेगावाटको तनहूँ हाईड्रो प्राजेक्टका लागि ४२ अर्ब रकम जुटिसक्यो । लमजुङमा एक अर्ब डलर लगानीको ६ सय मेगावाट क्षमताको अपर मस्र्याङ्दी आयोजना अघि बढिसक्यो ।’ महतले थपे– ‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, मुस्ताङका लागि पक्की कालोपत्रे बाटो लगायतका परियोजनाले पश्चिमाञ्चल क्षेत्र, विशेषतः पोखरा साँच्चीकै लगानीको वातावरण बन्नेछ ।’ उनले धेरै अवसर सिर्जना हुने भएकाले, सम्भावनाको ढोका खुलेकाले नीजि क्षेत्रलाई लगानीका लागि अग्रसर हुन आग्रह गरे ।

स्रोतका पर्याप्त आधार रहँदा रहँदै राजनीतिक अस्थिरताले मुलुक दक्षिण एशियामा पछि परेको भन्दै उनले अब संविधान निर्माणको बाटो र आर्थिक समृद्धिको बाटोलाई सँगसँगै लिएर अघि बढ्नुपर्ने बताए । ‘संविधान पछि आर्थिक विकास भनेर हुँदैन । राजनीतिक विवादमा अल्झेर बस्नु हुँदैन ।’ उनले भने– ‘यस्तो विचार अग्रगामी पक्कै होईन, पश्चगामी विचार लिएर देश विकास हुँदैन ।’ पोखरालाई पर्यटन र आर्थिक केन्द्रसँगै एजुकेशनल हब, स्पोर्टस् हब बनाउनुपर्नेमा उनको जोड छ । ‘नेपाल क्रिकेटमा अघि बढिरहेको छ । अब सरकारले क्रिकेटमा लगानी गर्नुपर्छ ।’ उनले भने– ‘काठमाण्डौंसँगै पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट पिच निर्माण गरिनुपर्छ ।’

प्रक्रियामा नगए उही गल्ति दोहोरिन्छ

अर्थमन्त्री डा. रामशरण महतले प्रक्रियामार्फत भएपनि निर्धारित समयमै संविधान जारी गर्नुपर्ने बताएका छन् । उनले दलहरुले पहिलो संविधानसभा असफल भएपछि जनतामाझ जानेबेला एक वर्षभित्र नयाँ संविधान दिने गरी दोस्रो संविधानसभा बारे सुनाउँदै हिँडेकाले लिखित तमसुकलाई भुल्न नहुने बताए ।

‘अब साझा दृष्टिकोण आएन भने प्रक्रियामार्फत नै भएपनि संविधान ल्याउँछौ भनेर कसम खाएका छौं । त्यसलाई चटक्कै बिर्सनु भएन ।’ राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले भने– ‘अब हिजो गरेको गल्ती दोहोरिने काम गर्नु हुन्न । देश पछाडी गईसक्यो । अब एक मिनेट पनि ढिला गर्नुहुन्न ।’

01 Shankar Raj Pathak sammanनेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । उनले सबैको चाहना विमानस्थलको मंसीर मसान्तभित्र शिलान्यास गर्न सरकारको ध्यानाकर्षण गराए । ‘मोदीलाई नेपाल भ्रमणका क्रममा पोखरा ल्याउन पनि पहल गरिनुपर्छ ।’ उनले भने– ‘प्रधानमन्त्रीकै हातबाट मंसीर मसान्तसम्म विमानस्थलको शिलान्यास हुनुपर्छ भन्ने चाहेका छौं ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक विन्दुकुमार थापाले जतिसक्दो छिटो पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिनुपर्ने बताए । सबैको सकारात्मक पहलबाट पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने वातावरण बनेको उनको भनाइ छ । उद्योग, व्यवसाय तथा स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरणको लक्ष्यसहित संघले मेला आयोजना गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै सभासद रवीन्द्र अधिकारीले पोखरा विश्वमै पर्यटकीय गन्तव्यका रुपमा परिचित बनेको बताए । ‘अब बोलेर होईन गरेर देखाउने बेला हो । सबै मिलेर पोखराको विकास गर्नुपर्छ ।’ उनले भने । अर्का सभासद् यज्ञबहादुर थापाले लोकलाज र लोक दबाबले समयमै संविधान निर्माण गर्नुको विकल्प नभएको भन्दै नत्र नेताहरुले नाकमुख देखाउन नसक्ने बताए । उनले पोखरासँगै लेखनाथको विकासमा पनि सोच्नुपर्ने बताए ।

मेलाको उद्घाटनका अवसरमा पोखराको समग्र विकासका लागि योगदान गरेका गण्डकी अञ्चलका तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र योजनाबिद् पदमबहादुर क्षत्रीलाई सम्मान गरिएको थियो । २०२९ सालमा अञ्चलाधीश भएका पाठकले पोखरा विमानस्थल र पोखरा बसपार्ककका लागि २०३२ सालमै जग्गा अधिग्रहण मात्र गरेनन्, बेगनास ताल सडक, पोखरा औद्योगिक क्षेत्र योजना, न्यूरोडको फराकिलो बाटोको अवधारणा पनि उनकै पालामा भएको थियो । हाल ८१ वर्षका पाठकले योजना विना कुनै पनि विकास दिगो नहुने र यसका लागि यातायात नै प्रमुख भएको भन्दै पोखरेलीले सम्झिएकोमा आभार व्यक्त गरे ।

Padam Bahadur Karki

संघका महासचिव रवीन्द्रबहादुर प्रजुले सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिले पनि बोलेका थिए । मेलामा २ सय ९५ स्टल राखिएको छ । डोममा ७८, रेष्टुराँका १५, अटोका ४७, पोखराका उत्पादन, पर्यटन, कृषि तथा हस्तकलामा ३६, प्mलोरिकल्चरमा ७, गार्मेण्टका २० र बाँकी १ सय ९२ साधारण स्टल मेलामा राखिएको संघका महासचिव तथा मेलाका प्रचार–प्रसार संयोजक बताए ।

लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन’ नाराका साथ आयोजित मेलाबाट पश्चिमाञ्चल क्षेत्रमा व्यवसाय बिस्तारको सम्भावनाको खोजी गरिने प्रजुले जानकारी दिए । मेलामा औद्योगिक, कृषि जन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरण गरिने भएको छ । मेलाका आकर्षणमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि, पुष्प, अटो मेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुको गतिबिधीहरुको प्रदर्शनी गरिएको छ । स्थानीयकला र संस्कृतिको प्रदर्शनीलगायत दैनिक उपभोग्य बस्तु, घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामान पनि मेलाका आकर्षण बनेका छन् । ख्याति प्राप्त कलाकारहरुको लोकदोहोरी गीत, चर्चित व्याण्डहरुको लाइभ साँगीतिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, हाँस्य प्रहसन, शारीरिक सुगठन प्रतियोगिता, फेसन सोलाई पनि मेलामा समावेश गरिएको छ ।

मेलाबाट ९५ लाख रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य छ । ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मेलाबाट २५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य छ । मेलाबाट बचत हुने रकम पोखरामा निर्माण हुन लागेको पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने संघले बताएको छ । मेलालाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजना गरेको छ । मेलाको ३ लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकको विश्वास छ । मेला मंसिर १४ गतेसम्म जारी रहनेछ ।

 

कमेन्ट गर्नुहोस्
Share: