
पोखरा । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरामा निर्माणाधिन रंगशाला बन्न अझै ४ महिना लाग्ने बताएका छन् ।शनिबार पोखरा १३ मा शिवशक्ति विश्वकर्मा समाजले निर्माण गरेको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले रंगशाला पुर्ण रुपमा बन्न अझै ४ महिना लाग्ने बताएका हुन् ।
उनले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको लागि रंगशाला निर्माणले तिव्रता पाएको जानकारी दिदै साग पश्चात पनि निर्माण कार्य हुने बताए । “साग निर्धारित मितिमा गर्ने छौँ, तर रंगशाला खेल्ने मिल्ने बन्छ, तर सम्पन्न हुन भने अझै ४ महिना लाग्छ ।”उनले भने “तपाईको भाई छोरा नेतृत्वमा हुदाँ पोखरामा एउटा सुविधा सम्पन्न रंगशाला बन्यो है भन्ने बनाउँछु ।”
मन्त्री विश्वकर्माले अझै पनि जातीय रुपमा हुने भेवभाव अन्त्य हुन नसकेको भन्दै कानुनी सहायता लिनुपर्नेमा जोड दिए । उनले कुनै पनि किसिमले अन्याय र अत्याचार सहन नहुने भन्दै कानुनले ब्यवस्था गरे अनुसार न्यायको पक्षमा उभिन दलित समुदायलाई आग्रह गरे । उनले नेपालमा ईतिहास देखि नै श्रमजिवि बर्गलाई अपमान गर्ने परिपाटीले सिँगो देश पछाडी परेको भन्दै राज्यले सोच्नुपर्ने बेला आएको बताए ।
