दादुराको खोप नलगाउनेलाई तीन लाख १५ हजार रुपैयाँ जरिवाना

Share:

एजेन्सी। जर्मनी सरकारले नयाँ कानूनमा बालबालिकालाई दादुराको खोप अनिवार्य गरेको छ । यस्तो नगर्ने आमा–बुवाले २ हजार ७ सय ५० डलर अर्थात् तीन लाख १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

मिजल्स प्रोटेक्सन एक्ट (दादुरा रोकथाम ऐन) अन्तर्गत अभिभावकले आफ्नो बच्चालाई स्कूल वा किन्डरगार्टनमा भर्ना गर्नु अघि दादुराको खोप लगाएको प्रमाण पेश गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी, डेकेयर वर्कर, शिक्षक र श्रमिकले पनि यो नियम अनुसार खोप लगाउनुपर्छ । यो नियम सन् २०२० मा लागू हुँदैछ ।

कमेन्ट गर्नुहोस्
Share: