
तनहुँ। तनहुँ जिल्लाको व्यास नगरपालिकामा चितुवाको एउटा बच्चा मृत फेला परेको छ । नगरपालिकाको वडा नं. ७ स्थित साखुलीमा रहेको लोक कल्याणकारी सामुदायिक वनमा अन्दाजी २ वर्षको चितुवाको बच्चा सोमबार बिहान फेला परेको हो ।
मृत चितुवाको बच्चा अन्दाजी १० केजीको छ । पेट फुटेको र घाउचोट लागेको अवस्थामा भेटिएको चितुवाको बच्चालाई भाले चितुवाले मारेको हुनसक्ने अनुमान वन कार्यालयका कर्मचारीहरूले गरेका छन् ।
भानु नगरपालिकामा पछिल्लो समय चितुवा आतंक फैलिएको छ । चितुवाको आक्रमणबाट डेढ वर्षयता ४ देखि ११ वर्ष उमेर समूहका ६ बालबालिकाको मृत्यु भइसकेको छ ।
सम्बन्धित समाचार::
परम्परागत पासोमा यसरी पर्यो नरभक्षी चितुवा (भिडियो हेर्नुहोस)
तनहुँको भानुमा चितुवा खोरमा परेकै साँझ फेरि ७ वर्षीय बालकको ज्यान लियाे
तनहुँमा चितुवा नियन्त्रणका लागि प्रदेश सरकारबाट ३० लाख विनियोजन
तनहुँको जङ्गलमा चितुवा खोज्दै विज्ञ
