
पोखरा, २ मंसिर । पोखरा महानगरपालिका ३२ गढीघाटमा ट्याक्टरको ठक्करबाट बालकको ज्यान गएको छ ।
ग १ त २८२८ नम्बरको ट्याक्टर गिटी लोड गरी फर्कने क्रममा पोखरा महानगरपालिका ३३ छपल्याङ्ग ५ बर्षिय बालकलाई ठक्कर दिँदा बालकको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।
ट्याक्टरले बालक आकाश नेपालीलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक फरार छन् । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
