आइतबारदेखि हराइरहेको निगमको ट्याङ्कर धनुषामा भेटियो

Share:

काठमाडौं- आइतबार रातिदेखि हराइरहेको नेपाल आयल निगमको डिलेज लोड भएको ट्यांकर धनुषामा फेला परेको छ।

निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतवार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बेपत्ता भएको ट्याङ्कर धनुषाको रामदहैया भवाडे भन्ने स्थानमा फेला परेको हो । उनले यसबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।

ट्याङ्ककरका चालक र सहचालकलाई आँखामा पट्टी बाँधेर गाडीमा राखेर बर्दिबास र लालबन्दी बीचको जंगलमा लगेर छाडेको रिजालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: