भेटियो बस, भेटिएनन् यात्रु

Share:

जाजरकोट, मंसिर ६
बिहीबार बिहान भेरी नदीमा यात्रुसहित खसेको बस हिजो भेटिएपनि यात्रुको अत्तोपत्तो केही लागेको छैन । दुर्घटना भएको १० घण्टापछि नेपाली सेनाको डार्ट टीमका सदस्यले भेरीमा डुबेको बस र यात्रुवारे कुनै पत्तो नपाएपछि शुक्रबार बिहान पोखरा र कर्णाली चिसापानी र कुरीनटारवाट तालिम प्राप्त गोताखोर लगिएको थियो ।
नेपाली सेना, शसस्त्र प्रहरीका डिएसपीको कमाण्डमा रहेको टोली, कर्णाली चिसापानीवाट आएको ४ जना गोताखोर तथा सभाषद राजीवविक्रम शाहले पोखराबाट ल्याएको गोताखोरको टोलीको दिनभरीको प्रयासले बस तान्ने कोशिस गरेपनि असफल भएको घटनास्थल पुगेका जाजरकोटका प्रहरी प्रमुख डिएसपी दिनेशराज मैनालीले बताए ।
बस खसेको ठाउँको अप्ठेरो भुगोल र भेरी नदीको भुलभुलैयाका कारण उद्दारमा समस्या परेको छ । शनिवारसम्म बसलाई तान्न सकिने गरि बस रहेको आधार क्षेत्र भने पत्ता लागेको प्रहरीले बताएको छ । गाडीको पुरै अवस्था नदेखिएकाले बेपत्ताहरुको अवस्था झनै अज्ञात बन्दै गएको छ । दुर्घटनामा परेकामध्ये तीनजनाको शव मात्र अहिलेसम्म फेला परेको छ भने १० जनाको जीवितै उद्दार गरिएको छ । ५० जना भन्दा वढी बेपत्ता भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: