तस्करको फन्दामा परेकी पोखराकी युवतीको भारतबाट उद्धार

851
0
Share:

पोखरा । पूर्वी नाका काँकडभिट्टाबाट भारत पुगेकी एक नेपाली युवतीको उद्धार गरिएको छ । पोखरा बस्ने २८ वर्षीय कविता उमरालाई भारतीय एसएसबीले उद्धार गरेको हो।

उनी मानव तस्करीको फन्दामा परेर गैरकानुनी रूपमा कुवेत जान लागेकी थिइन् । भारतीय सीमा प्रवेश गरेकी युवतीलाई एसएसबीका जवानले शङ्का लागि सोधखोज गरेका थिए । सोधखोज गर्दा उनले कामको सिलसिलामा भारतबाट कुवेत जान लागेकी बताइएकी थिइन्।

एसएसबीका अनुसार नेपाली कागजात र राहदानी समेत फेला नपरेको युवती पानीटंयाकी बस पार्कतर्फ जान लागेकी थिइन्। एसएसबीले युवतीलाई नेपाल प्रहरीलाई जिम्मा लगाएको छ। युवतीलाई त्यहाँ पुर्याउने कोहि पनि पक्राउ परेका छैनन् ।

बस पार्कमा उनलाई अज्ञात व्यक्ति लिन आउने र त्यही व्यक्तिले बाघडुग्रा विमानस्थलबाट दिल्ली लैजाने योजना बनाएको उनको बयान छ ।

कमेन्ट गर्नुहोस्
Share: