नेपाल र हङकङबीच आइतबार एक दिवसीय क्रिकेट खेल हुने

Share:

काठमाडौं, मंसिर ६ । नेपाल र हङकङबीचको एक दिवसीय र ट्वेन्टी–२० क्रिकेट आइतबार देखि हुने भएको छ ।

nepal-cricket-newwww-2011640

गत बुधबारदेखि श्रीलंकाको दाम्बुलामा हुनुपर्ने तीन खेलको टी–२० श्रृंखला र एउटा एक दिवसीय खेल वर्षाले अवरुद्ध भएसँगै आइतबारदेखि कोलम्बोमा खेल हुने भएको हो ।

दुवै टिम शनिबार बिहान कोलम्बो पुगेका छन् । दुवै टिमको सहमतिअनुसार आइतबार एक दिवसीय र सोमबार टी–२० हुनेछ ।

नेपाली टिम मंगलबार काठमाडौं फर्कने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्
Share: