कास्कीमा ब्रेक फेल भएर बस दुर्घटना, ११ जना घाइते

Share:

पोखरा । कास्कीमा बिहिबार बस दुर्घटना हँदा ११ जना घाइते भएका छन् ।

अन्नपूर्ण गाउँपालिका-४ सल्यानदेखि पोखरा आउँदै गरेको ग १ ख ३७७६ नम्बरको बस काँडे–भदौरे सडकखण्डअन्तर्गत पर्ने थामाको डाँडामा दुर्घटनामा परेको हो ।

२२ जना सवार सो बस ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

घाइते सबैको मणिपाल अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यलय बगरका प्रहरी निरीक्षक दिपक बहादुर थापाले बिगखबरलाई जानकारी दिए ।

घाइतेहरुको अवस्था मध्यम रहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

तस्बिर-सामाजिक संजाल

कमेन्ट गर्नुहोस्
Share: