यस्तो छ आजको मौसम पूर्वानुमान

706
0
Share:

काठमाडौँ – देशका अधिकांश क्षेत्रमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण हाल देशको पश्चिमी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

शनिबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षा हुनेछ ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी क्षेत्रमा राति पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: