
मंसिर ७ , जाजरकोट। जाजरकोटमा भएको बस दुर्घटनामा मर्नेको संख्या ३५ पुगेको छ ।
सुर्खेत सडकखण्ड अन्तर्गत सुर्खेतको भूर गाविस ८ भूतचौरबाट गत बिहीबार भेरी नदीमा खसेको बसका बेपत्ता यात्रुहरुको खोजी गर्ने क्रममा आईतवार थप ३० जनाको शव निकालिएपछि मृतकको संख्या ३५ पुगेको हो ।
बसमा ६० भन्दा बढी यात्रु सवार रहेको भनिएपनि यकिन संख्या भने थाहा नभएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । सडकबाट ६० मिटर तल भेरी नदीमा खसेको बस पनि आईतवार सडकमा निकालिएको छ ।
नदीमा हरारहेका यात्रुहरुको खोजी गर्न नेपाली सेनाको गोताखोर टोली र पोखराबाट ल्याइएको भाडाका गोताखोरहरु खटिएका छन् । जाजरकोट सदरमुकाम खलंगाबाट सुर्खेतको राकमका लागि छुटेको ना ३ ख १४०८ नम्बरको बस सडकबाट ६० मिटर तल भेरी नदी खसेर दुर्घटना भएको हो ।
