
काठमाडौँ – देशका अधिकांश क्षेत्रमा हाल मौसम बदली भएको छ । देशका विभिन्न क्षेत्रमा आंशिक तथा सामान्य बदली भएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ ।
यसकै प्रभावका कारण आइतबार देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने जनाइएको छ ।
राति देशका मध्य र पूर्वका क्षेत्रमा सामान्य बदली हुनेछ भने पश्चिमी भू–भागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पूर्व र मध्य पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने जनाइएको छ । उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने मौसमविदले बताएका छन्।
कमेन्ट गर्नुहोस्
