
चितवन । चितवन मेडिकल कलेजका ६ जना सुरक्षा गार्ड पक्राउ परेका छन् । शनिबार मेडिकल कलेज भित्र प्रहरीले एक थान पेस्तोल र दुई राउण्ड गोली भेटेकाे थियो ।
सोही घटनाको विषयमा सोधपुछका लागि भन्दै चितवन प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन ।
कमेन्ट गर्नुहोस्
