पोखराबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

Share:

पोखरा। पोखराबाट लागुऔषध सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको मुजापुर घरभई पोखरा ५ मालेपाटन बस्दै आएका आकाश कुमार ३६० एम्पुल लागुऔषध सहित पक्राउ परेका हुन् । २८ वर्षीय आकाशलाई लागुऔषध नियन्त्रण व्युरो पोखराले आइतबार पक्रन सफल भएको हो ।

उनको साथबाट सोन पापडी नामक मिठाईको प्याकमा लुकाईराखेको लागुऔषध १२० एम्पुल बुर्फिनर्फिम, डाईजापाम १२० एम्पुल र फेनरागन १२० एम्पुल फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका आकाशले लागुऔषध ओसार पोसार र सञ्चय गर्छन् भन्ने विशेष सुचना पाएपछि उनी माथि लागुऔषध नियन्त्रण व्युरो पोखराले निगरानी राखेको थियो । निगरानीमा रहेका उनलाई व्युरोका इन्चार्ज प्रहरी निरीक्षक टेक बहादुर रावत सहितको प्रहरी टोलिले उनकै कोठाबाट नियन्त्रणमा लिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: