बैद्य माओवादी फुट्यो, पार्टीमा फर्कन विप्लवलाई किरणको आग्रह

Share:

काठमाडौं, मंसिर ८ –लामो समयको बैचारीक बहसपछि नेकपा–माओवादीवाट नेत्रविक्रम चन्द ‘विप्लव’ समुह अलग्गिएको छ । हिजोदेखि पार्टी मुख्यालय बुद्धनगरमा जारी बैठकमा सहभागी सचिव चन्दले सोमवार एक पत्र वुझाउँदै मुल नेतृत्वसंग सम्वन्ध विच्छेद भएको घोषणा गरेका हुन् ।

नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने र पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता कसरी बनाउने भन्ने विषयमा पार्टिभीत्र बहस चल्दै आएको थियो । सोही बहसमा वैद्य समुह र विप्लव समुहका बीच गम्भिर मतान्तर देखापर्दै आएको थियो ।‘पदाधिकारी र पोलिटब्यूरोको बैठकबाट हामीले उठाएको विषय हल नभएपछि गत असारमा राष्ट्रिय सम्मेलन गरी ठोस निष्कर्ष निकाल्ने निर्णय पार्टीमा भएको थियो । सो क्रममा राष्ट्रिय सम्मेलनका लागि फरक दस्तावेजहरु समेत तयार भएका थिए । जब दस्तावेजहरु तयार भए, तब पार्टी मूल नेतृत्वबाट आश्चर्यजनक रुपमा सम्मेलनलाई रोक्ने प्रस्ताव आयो । त्यसपछि पार्टीमा झन् अन्यौलता र अकर्मन्यता बढ्दै गयो ।’ विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएका छ ।

timthumbपार्टीको गत्यावरोध तोड्नका लागि अन्तिम प्रयास स्वरुप आईतवारको बैठकमा आफु सहभागी भएको तर किरण लगायतका नेताहरुको भुमीकाले गत्यावरोध झन् बढ्ने देखिएको विप्लवको विज्ञप्तिमा उल्लेख गरिएको छ । विप्लवद्वावारा जारी वक्तब्यमा थप भनिएको छ ‘यसरी लामो समयदेखि कायम रहेको गत्यावरोध तोड्न नसक्दा अन्यौलता बढ्दै जानेहुनाले किरणको नेतृत्वमा पार्टी अगाडि बढ्न सक्दैन ।’ किरणसंगको सम्वन्ध विच्छेदपछि भावी रणनीती छिट्टै तय गरिने विप्लव समुहका नेता अनिल शर्मा ‘विरही’ ले बताए ।

पार्टीमा फर्कन विप्लवलाई किरणको आग्रह
यता, विप्लवलाई पुनः पार्टीमा फर्कन आग्रह गर्ने संस्थापन पक्षले गरेको छ । ‘सोमबार चन्दले अध्यक्ष मोहन वैद्यसँग सम्वन्ध विच्छेद गरेको घोषणा गरेलगत्तै माओवादी प्रवक्ता पम्फा भुसालले विज्ञप्ति निकालेर पार्टीबाट अलग नरहन आग्रह गरेकी हुन् । टुटफुटको भुल नगरी कमी कमजोरीहरुबाट सच्चिएर पुनः जिम्मेवारीपूर्वक पार्टीमा आवद्ध रहन आह्वान गर्ने निर्णय लिइएको छ,’ नेकपा–माओवादीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले अध्यक्ष किरणद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव आवश्यक छलफल तथा परिमार्जनसहित सर्वसम्मत रुपमा पारित गरेको छ ।

माओवादी विखण्डन : १० वर्षमा पाँच टुक्रा !

जनयुद्ध छाडेर ०६३ सालमा शान्ति प्रक्रियामा आएपछि १० वर्ष नबित्दै माओवादी पार्टी पाँच टुक्रामा चोइटिएको छ ।शान्ति प्रक्रियामा आइनपुग्दै मणि थापाले पार्टी छाडेर अर्को समूह बनाएका थिए । हाल मणि थापाले ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी’ बनाएका छन् । एमाओवादीले थापासँग मार्चा बनाएको छ । वैद्य माओवादीको ३३ दलीय मोर्चामा पनि थापाको समूह आवद्ध छ ।

मणि थापापछि मात्रिका यादवले एमाओवादीलाई फुटाए ।  मात्रिका यादवले नेकपा (माओवादी) गठन गरेका छन् । यादव समूहसँग एमाओवादी अध्यक्ष प्रचण्डले पछिल्लो समयमा सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् । मात्रिका यादवपछि एमाओवादीमा सबैभन्दा ठूलो विभाजन आयो । तत्कालीन उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाका साथै ३० प्रतिशत भन्दा बढी केन्द्रीय नेताहरुले माओवादी पार्टी फुटाए । पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बनेको एमाओवादी पार्टी यही विभाजनका कारण दोस्रो संविधानसभामा तेस्रो दलमा खुम्चियो । पछिल्लो समयमा माओवादीका विभिन्न घटकवीच पार्टी एकताको चर्चा भइरहेका बेला नेत्रविक्रम चन्दले मोहन वैद्यसँग सम्बन्ध विच्छेदको घोषणा गरेका छन् ।
फुट्नेले पनि केही गरेनन्

प्रचण्ड र बाबुराम नेतृत्वको पार्टी गैर क्रान्तिकारी भएको भन्दै मणि थापा र मात्रिका यादवहरु अलग भए पनि उनीहरुले कुनै क्रान्तिकारी नीति लिन सकेनन् । प्रचण्ड र बाबुरामले जनयुद्धको मर्मलाई छाडेको र गद्दारी गरेको भन्दै अलग भएका वैद्य र बादलले पनि पार्टीलाई तीन वर्षसम्म प्रचण्डको भन्दा फरक ढंगले हाँक्न सकेनन्, संविधानसभाको चुनाव बहिस्कार बाहेक ।

अहिले विप्लवले बैद्य र बादललाई यस्तै आरोप लगाउँदै क्रान्तिकारी ढंगबाट अघि बढ्ने दाबाका साथ संस्थापन पक्षसँग सम्बन्ध विच्छेद गरेका छन् । तर, विप्लवको हालत पनि मात्रिका यादव वा मोहन वैद्यको जस्तै हुन्छ या उनले केही गर्छन् भन्ने अहिल्यै भन्न सकिँदैन । आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्ने विप्लवले सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । तर, विप्लवमा उग्र वामपन्थी सोचाइ रहेको धेरैको विश्लेषण छ ।

एकता कहिले होला ?

माओवादी आन्दोलन बिखण्डको शिकार हुने क्रमसँगै अत्रब प्रचण्ड र मोहन वैद्यसमूहवीच पार्टी एकता हुने चर्चा पनि चलिरहेको छ । तर, यो क्रमसँगै एमाओवादीमा भट्टराई समूहले नयाँ शक्ति बनाउने अर्को चर्चा छ । माओवादीका विभिन्न समूहमा एकताको चर्चा चले पनि भ्यागुताको धार्नी कहिले पुग्छ, भन्ने निश्चित छैन । एकातिर एकताको चर्चा चलिरहेको छ, अर्कोतर्फ धमाधम फुट र विभाजन भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: