पोखराका २९ विद्यालयमा भोलिदेखि सार्वजनिक बिदा

Share:

पोखरा । मङ्सिर १४ गते हुने कास्की-२ को उपनिर्वाचनका लागि बिहिबारदेखि पोखराका दुई दर्जन बढी विद्यालय बिदा हुने भएका छन् । मतदानका लागि तयारी गर्नु पर्ने भएकाले मतदान नसकिंदासम्म मतदान केन्द्र तोकिएका विद्यालयमा सार्वजनिक बिदा दिइएको हो ।

निर्वाचन क्षेत्रअन्तर्गत पर्ने वडाका २९ विद्यालयमा मतदान हुने भएकाले बिदा दिने निर्णय गरिएको पोखरा महानगरपालिकाले जनाएको छ । मतदान केन्द्र तोकिएकाबाहेक अन्य विद्यालयमा नियमित पठनपाठन हुनेछन् ।

बिदाको समय विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रमसमेत आयोजना नगर्न महानगरले पत्रमार्फत सूचित गरेको छ ।

कुन-कुनमा बिदा ?

 

७१ हजार मतदाता

जिल्ला निर्वाचन कार्यालय कास्कीकाअनुसार उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । त्यसमा वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ रहेका छन् ।

मतदानका लागि कास्की-२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए ।

गएको निर्वाचनको मत

२०७४ सालको निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए ।अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।

सो निर्वाचनमा तेस्रो भएको तत्कालीन विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यहाँ उपनिर्वाचन हुँदैछ ।

कमेन्ट गर्नुहोस्
Share: