
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वको पुरानो तथा चर्चित क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग इंग्ल्याण्डको लर्ड्स मैदानमा खेल्ने भएको छ ।
लर्ड्सले बुधबार एक विज्ञप्ति निकाल्दै लिगेसी टुर अन्तर्गत नेपालले इंग्ल्याण्ड भ्रमण गर्ने जनाएको छ । नेपालले आगामी अगष्टमा लर्ड्सको भ्रमण गर्नेछ । नेपाल र एमसीसीबीचको खेल अगष्ट २४ मा बताईएको छ ।
कमेन्ट गर्नुहोस्
