प्रधानमन्त्री ओली हिँडडुल गर्न सक्ने अवस्थामा, आज जाउलो खुवाइने

466
0
Share:

काठमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा प्रधानमन्त्री केपी शर्मा ओली हिँडडुल गर्न सक्ने भएका छन्। ओलीको स्वास्थ्यमा सुधार भइरहेकाले बुधबार पनि सामान्य डुलाइएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

मंगलबार महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो।

प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले दिएको जानकारी अनुसार प्रधानमन्त्रीलाई आज जाउलो खुवाइनेछ। यसअघि बुधबार उनलाई कालो चिया र जुस खुवाइएको थियो।

बिहान १० बजे विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार जारी रहेको बताएको छ।

यसैबीच बुधबार साँझ प्रधानमन्त्रीको डायलासिस गरिएको छ। एक महिनामा प्रधानमन्त्रीले पाँच पटक डायलासिस गराएका छन्। उनलाई अझै केही दिन अस्पतालमा नै राखिने डाक्टरले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: