मुक्तिनाथबाट आएको गाडी तल्लो गगनगौंडामा दुर्घटना, ८ जना गम्भीर घाइते

Share:

अशोक विश्वकर्मा, पोखरा । कास्कीको तल्लो गगनगौंडामा सवारी दुर्घटना भएको छ । मुक्तिनाथबाट तनहुँतर्फ आउँदै गरेको बा ३ च ३०८० नम्बरको ल्याण्ड क्रुजर प्राडो गाडी दुर्घटनामा परेको हो ।

शुक्रबार विहान ९ः३० बजे भएको उक्त दुर्घटनामा परि गाडीमा सवार ८ जना गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

अत्याधिक गतिमा रहेको उक्त गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको घटना स्थलबाट ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी सहायक निरिक्षक सुदिपराज भण्डारीले जानकारी दिएका छन् ।

उक्त गाडी सडकबाट झण्डै १०० मिटर पर उछिट्टिएको प्रत्यक्षदर्शी पुण्यप्रसाद दाहालले बताए । गाडी उत्तानाे अवस्थामा छ । घाइते सवैलाई तत्काल उद्दार गरी अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
Share: