
पोखरा । कास्की २ को मतगणना गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन बसेको बैठक सकिएको छ । बैठकले साढे १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको छ । मतगणना जिल्ला समन्वय समिती कास्कीको हलमा हुनेछ ।
कास्की २ मा ६३.४० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको तथ्यांक अनुसार जम्मा मतदाता ७१ हजार ८ सय ७१ रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको हो । पुरुष २० हजार ७सय ८४ र महिला २४ हजार ७ सय ७९ जनाले मत खसाले । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।
कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
