
काठमाडौं । नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो । नेपालले श्रीलंकामाथि २५-१४, २५-१८ र २५-२१ को जित निकाल्यो ।
अब नेपालले स्वर्णको लागि भारतसँग खेल्नेछ । भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सेटमा हराएर फाइनल पुगिसकेको छ ।
कमेन्ट गर्नुहोस्
