
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगमले गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हो ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
१ डिसेम्बर २०१९ मा इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको निगमले जनाएको छ ।
आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढाएर पठाएको भए पनि त्यसको मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ।
कमेन्ट गर्नुहोस्
