
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
मंगलबार पोखरा रंगशालामा भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो ।
नेपालका लागि सरु लिम्बुले दोस्रो हाफको ४२ औं मिनेटमा गोल गरिन् ।
नेपालले गोल गर्नका लागि राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
जितसँगै नेपालले ३ अंंक जोडेको छ ।
आज नै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्ने छन् । यो खेल दिउँसो २ बजे सुरु हुनेछ ।
कमेन्ट गर्नुहोस्
