ऐरीको अर्धशतकमा श्रीलंकासामु नेपालद्वारा १७१ रनको लक्ष्य प्रस्तुत

Share:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले श्रीलंकालाई १७१ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा नेपालले प्रभावशाली ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १७० रन तयार पारेको हो ।

नेपालका दीपेन्द्र ऐरीले अर्धशतकीय पारी खेले । उनी सर्वाधिक ७२ रन बनाएर नटआउट रहे । यसअघि कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, बिनोद भण्डारी २० रन, आरिफ सेख १९ रन, पवन सर्राफ २२ रन तथा पूर्वकप्तान पारस खड्का १ रन बनाएर आउट भए । करन केसीले नटआउट १ रन बनाए ।

श्रीलंकाका लागि कमिण्डु मेण्डिसले सर्वाधिक २ विकेट लिए । श्रीलंकाले टस जितेर नेपाललाई पहिले व्याटिङको निम्तो दिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: