
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।
नेपालको जितमा कप्तान सुजल श्रेष्ठले दुई गोल गरे । अबिशेक रिजाल र मिक्छेन तामाङले एक एक गोल गरे । भुटानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।
कमेन्ट गर्नुहोस्
