प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक आज बस्दै

487
0
Share:

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकको अध्यक्षता पुष्पकमल दाहालले गरेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि नेकपाको सचिवालय बैठक बसेको पहिलो पटक हो । दुई अध्यक्षबीच यही मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी नेतृत्व गर्ने सहमति भएको थियो ।

अर्का अध्यक्ष केपी शर्मा ओली शिक्षण अस्पतालमा उपचार गराइरहेका हुनाले दाहालले बैठक बोलाएका हुन् । बैठकमा स्थायी कमिटी बैठकको मिति, एजेण्डा र समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाइएको नेताहरूले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: