आज स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस

457
0
Share:

काठमाडौं । स्वरसम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस, उनको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ। विक्रम संवत् १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्म भएका नारायणगोपालको विक्रम संवत् २०४७ मंसिर १९ गते अर्थात आजैका दिन निधन भएको थियो।

सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघर जमलमा सांगितिक स्मृतिसभा गर्दैछ। स्मिृतिसभामा विभिन्न कलाकारहरुले नारायाणगोलका चर्चित गीतहरु प्रस्तुत गर्नेछन्।

महाराजगन्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण लगायतको कार्यक्रम पनि हुँदैछ।

उनले एक सय ३६ भन्दा धेरै गीत गाएका छन् । ‘पर्खि बसेँ आउला भनि’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ म त लालिगुरास भएछु, पोखिएर घामको झुल्का जस्ता थुप्रै कालजयी गीत गाएका  छन् ।

कमेन्ट गर्नुहोस्
Share: