
पोखरा। १३ औं साग अन्तर्गत पोखरामा जारी महिला क्रिकेट अन्तर्गत बंगलादेशसंगको खेलमा माल्दिभ्सले हारकाे रेकर्ड बनाएकाे छ । पोखरा रंगाशाला स्थित क्रिकेट मैदानमा भएकाे खेलमा टस जितेर ब्याटिंग रोजेको बंगलादेशले २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो। उसका लागि सुल्तानाले अविजित ११३ रन बनाइन् ।
२५६ रनको लक्ष्य पछ्याएकाे माल्दिभ्समात्र ६ रनमै समेटियाे । १२ ओभर एक बलमा ६ रन मात्रै बनाउन सकेपछि उसले २४९ रनको हार बेहोर्यो। याे हार महिला क्रिकेटमा अहिलेसम्मकै तेस्राे ठुलाे हार हाे ।
माल्दिभ्सका कुनैपनि खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन् । टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा ६ रन सबैभन्दा कम योगफल हो। यसअघि रुवान्डासंग माली ६ रनमै समेटिएको थियो। सो रेकर्ड माल्दिभ्सले बराबरी गरेको हो।
