
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा जीपका चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-५ का २३ वर्षीय दिलिप बम्रेल र सहचालक सोही गाउँपालिका-४ का २६ वर्षीय कृष्णबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जिसीले जानकारी दिए ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खस्दा उनिहरुको ज्यान गएको हो।
कमेन्ट गर्नुहोस्
