१३ औं साग : ५ हजार मिटर दौडमा गोपीले जिते स्वर्ण

Share:

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । उनले १४ मिनेट ५४.२० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

भारतीय खेलाडी सुनील दावारले रजत पदक जिते । उनले १४ मिनेट ५५.२१ सेकेन्डमा दौड पूरा गरेका थिए । नेपालकै हरि रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दौड पूरा गर्दै कांस्य पदक जिते ।

गोपीले दौड जितेपछि जारी १३औं सागमा दौडतर्फ नेपालले दुईवटा स्वर्ण जितेको छ। यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । योसँगै जारी सागमा नेपालले स्वर्ण पदकको संख्या ३७ र्पुयाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: