आज विमानस्थलमा नियमित उडान र अवतरण हुने

Share:

पोखरा, १० मंसिर
सार्क सम्मेलनका लागि बिशिष्ट पाहुनाको आगमनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दिनभर प्रभावित भएको उडान तालिका आज भने नियमित हुने भएको छ ।
आज बिशिष्ट पाहुनाको ओहोरदोहोर नहुने भएकाले उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ । भोली भने बिहान ७ देखि १० र दिउँसो १ देखि ४ बजेसम्म सार्क बाहेकका उडान अवतरण प्रभावित हुनेछन् ।
यस्तै, शुक्रबार १२ गते बिहान ८ देखि दिउँसो २ बजेसम्म सार्क बाहेकका उडान अवतरण बन्द हुने विमानस्थलले जनाएको छ । सम्मेलनको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशका प्रमुख ४ विमानस्थल २४ घण्टा खुला गरिने भएको छ । दिनमा उडान भर्न नसकेका आन्तरिक उडानलाई रातको समयमा उडान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यसैबिच, हिजो स्थगित भएको पोखरा–काठमाण्डौ उडान आजबाट नियमित हुने भएको छ । हिजो ८ उडान स्थगित गरेको बुद्ध एयरले आज पोखरा–काठमाडौं रुटमा ७ अडान गर्दैछ । बुद्धले भोली ५ र शुक्रबार ४ उडान राखेको छ ।
नियमित ८ उडान भएपनि सार्कको कारण समय तालिका हेरफेर गरिएकाले संख्या घटेको बुद्धाका पोखरा स्टेशन म्यानेजर गौतम बरालले बताए । हिजो ८ उडान स्थगित भएको यती एयरलाइन्सले आज पोखरा–काठमाण्डौ रुटका ७ उडान गर्दैछ । त्यस्तै, भोली २ र शुक्रबार ४ उडान हुनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: