नाइजेरियामा दुई महिलाले गराएको विष्फोटमा ७८ मारिए

Share:

काठमाडौं, मंसिर १० । नाइजेरियामा आत्मघाती आक्रमणमा परी कम्तिमा ७८ जना मारिएका छन् । विष्फोट गराउनेमा दुई महिला रहेको प्रत्यक्षदर्शी र सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
naijari-final
उत्तर–पूर्वी सहर माइदुगुरीमा गराइएको उक्त घटनामा ती दुई महिला पनि मारिएका छन् । एक किशोरी भीडभाडयुक्त क्षेत्रमा प्रवेशगरी आफूसहित विष्फोट गराउँदा उनी आफैं र अरु तीन महिला मारिएका थिए ।

त्यसलगत्तै अर्की महिलाले ठूलो आवाज निकालेर चिच्याउँदै आफैंलाई विस्फोट गराएकी थिइन् ।

सन् २०१४ मा मात्र बोको हरामले गराएको यस्ता आक्रमणमा दुई हजारभन्दा बढी व्यक्ति मारिइसकेको मानवअधिकारवादी संस्था ह्यूमन राइट्स वाचले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: