
पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो ८औ स्थापना दिवस शुक्रवार एक कार्यक्रमका बिच भिमाद नगरपालिका–२, टेक्रेभञ्याङ स्थित श्री बाल बिकास मा वि मा मनाएको छ । क्लबलले आफ्नो स्थापना दिवसको अबसरमा बिद्यालयलाई एक थान प्रोजेक्टरका साथै बिद्यालयमा अध्ययनरत सम्पुर्ण बिद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ ।
क्लबले सो बिद्यालयमा बिगत ५ बर्षदेखि बिविध कार्यक्रमहरु गर्दै आईरहेको क्लबका अध्यक्ष अर्जुन सिग्देलले बताए । उनका अनुसार क्लबले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको लागि न्यानो कपडा, स्टेशनरी तथा खेलकुद सामाग्री वितरण, लाईब्रेरी सञ्चालन, सिसि क्यामेरा, कम्प्यूटर, इन्टरनेट जडानका साथै यस बर्ष प्रोजेक्टर हस्तान्तरण गरेको हो ।
बिद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्रीको लागि बाल बालिका र वातावरणको क्षेत्रमा बिगत १० बर्ष देखि पोखरामा कार्यरत रहेको बाबा फाउण्डेशन नेपालले सहयोग गर्दै आएको छ । यस बर्ष फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठको आमाको ४५ औं दिनको पुन्य तिथिको अवसरपारी लायन्स क्लबसँग सहकार्य गरी स्टेशनरी सामाग्री वितरण गरिएको लायन्स क्लब अफ पोखरा पिस सिटीका पूर्व अध्यक्ष एवं फाउण्डेशनका सचिव टंकराज अधिकारीले बताए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ वी १ नेपालका डेपुटी डिपार्टमेन्ट चिफ सुदीपराज ढुंगाना, क्लबका पुर्व अध्यक्षहरु जिवन ढुंगाना, किशोरमोहन भट्टराई लगाएतले सस्थापक सदस्यको महत्व र सामाजिक कृयाकलापमा क्लबले गरेका योगदानका बिषयमा आ आफ्नो भनाई राखेका थिए ।
क्लबका अध्यक्ष अर्जुन सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबिकास मावि का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईमानसिं थापा, प्रधानाध्यापक राम्जी सिग्देल र बिद्यालय बाल क्लबका अध्यक्ष साधना थापाले लायन्स क्लबले बिद्यालयमा गरेको सपोर्टको उच्च कदर गरे । साथै, आगामी दिनमा पनि यस्ता प्रकारका कार्यक्रम निरन्तरताको लागि आग्रह गर्दै क्लबको उत्तरोत्तर प्रगतिकामना गरिएकोे थियो ।

