
अशोक विश्वकर्मा, तनहुँ । परिवर्तनको आवाज नारा सहित शुक्लागण्डकी नगरपालिका वडा न ४ कार्यालयले आयोजना गरेको खुल्ला विषयक बक्तृत्वकला प्रतियोगितामा पञ्चमूनिदेव माध्यामिक विद्यालयका समिर अहमद प्रथम भएका छन् ।
देश विकासको लागि युवाको भूमिकामा आफ्नो तर्कहरु प्रस्तुत गरेको अहमदले नगरपालिकाका विभिन्न विद्यालयहरुबाट सहभागि भएका १० प्रतिपष्पर्धीहरुलाई पछि पार्दै नगद १० हजारको लागि आकर्षक पुरस्कार प्राप्त गर्न सफल भए । यस्तै प्रतियोगितामा लिटिल गार्डेन बोर्डिङ्ग स्कुलकी सोनिया पौडेल द्धितीय भईन भने पञ्चमूनी देव माविकै अनुप लामिछानेले तृतीय स्थान हासिल गर्न सफल भए । उनीहरुले क्रमस ७ हजार र ५ हजारको साथमा आकर्षक पुरस्कारहरु प्राप्त गरे ।
युवा शक्ति र देशको बर्तमान अवस्थालाई केन्द्रमा राखेर आफ्नो आफ्नो तर्क प्रस्तुत गरेको विद्यार्थीहरुलाई हौसला प्रदान गर्न निर्णायकको रुपमा युव भिजन ग्रुपले आयोजना गरेको देशब्यापि खुल्ला बक्तृत्वकलामा प्रथम भएकी प्रकृती न्यौपाने उपस्थित भएकी थिइन । नगरक्षेत्रमा रहेका विद्यार्थीहरुको प्रतिभालाई उजागर गरि यहाँको विद्यार्थीहरुको प्रतिभालाई राष्ट्रियकरण गर्न आयोजना गरिएको प्रतियोगितामा नागरिक समाजका केन्द्रिय सदस्य निगम हुमागाईले समेत सम्बोधन गरेका थिए ।
उनले भविष्य परिवर्तनका लागि आजका युवा र विद्यार्थीहरुलाई अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । उनले देशको विकासका लागि संबेदनशिल बनेर कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा बौद्धिक बर्गले चासो देखाउनुपर्ने बताए । कार्यक्रममा आयोजक सस्था वडा न ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले विद्यार्थीहरुको प्रतिभा उजागर गर्नका लागि वडाले सिर्जनशिल कार्य गरेको बताए ।
“यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई प्रेरणा मिल्छ, यहाँका विद्यार्थीहरुको प्रतिभालाई अझ परिस्कृत गर्नका लागि सहयोग पुग्छ ।” उनले भने ।
वडा सदस्य सन्तोष श्रेष्ठको संयोजनमा सम्पन्न भएको कार्यक्रममा स्वागत संयोजक श्रेष्ठले र सञ्चालन वडा सचिव कल्पना गैह्रे सुवेदीले गरेकी थिइन् । कार्यक्रममा विभिन्न संघसस्थाहरुले सहयोग गरेका थिए ।
