१० वर्षीया स्कुले बालिका बलात्कृत

Share:

पोखरा। स्कुल हिँडेकी बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीमा सवारी चालक पक्राउ परेका छन्।

१० वर्षिया बालिकालाई बिहीबार बलात्कार गरेको आरोपमा प्रहरीले रूरू क्षेत्र गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय भोजबहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ।

चालकले ती बालिकालाई ३० रूपैयाँ दिएर फकाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र खड्काले घटनामा संलग्न रहेकालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: