महिला ह्यान्डबलको पहिलो पटक फाइनलमा नेपाल

Share:

पोखरा । नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई २२-२१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपालको जितमा उमा राईले ११ गोल गरिन् । यस्तै कला राईले ४ गोल गर्दा निशा राई र कविता राईले २/२ गोल गरिन् । राम कुमारी चौधरी र रन्जना राई र बन्दना राईले १/१ गोल गरिन् ।

योसँगै नेपाल पहिलो पटक ह्यान्डबलको उपाधि नजिक पुगेको हो । अब नेपालले भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: